Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सबै लघुवित्त कम्पनीहरुको वित्तीय विवरण साउनभित्रै आइसक्ने

२०७३ श्रावण २४ गते

economicलघुवित्त कम्पनीहरुले आर्थिक वर्ष २०७२/७३ को वित्तीय विवरण यही महिनाभित्र सार्वजनिक गरिसक्ने भएका छन् । ती कम्पनीहरुले अहिले विवरण तयार गरिरहेका लघुवित्त विकास बैंकर्स संघका अध्यक्ष धर्मराज पण्डेले बताए । ‘हामीले सबै कम्पनीहरुलाई वित्तीय विवरण तयार गर्न भनेका छौँ’, अध्यक्ष पाण्डेले बैंकिङ खबरसंग भने, ‘यही महिनाभित्र उहाँहरुले विवरण पेश गरेपछि सार्वजनिक हुन्छ ।’ देशभर कुल ४१ वटा लघुवित्त कम्पनीहरु संचालनमा रहेपनि हाल ३७ वटा कम्पनीमात्र संघमा आवद्ध रहेका छन् ।
 
यसैबीच चालु वर्षको मौद्रिक नीतिमा व्यवस्था गरिएको स्प्रेट दर पुनर्विचार गर्न राष्ट्र बैंक सकारात्मक देखिएपछि लघुवित्त संघले कति प्रतिशत स्प्रेट दरसम्म काम गर्न सकिन्छ भन्नेबारे अध्ययन गरिरहेको जनाएको छ । कम्तिमा १७ प्रतिशत स्प्रेट दर नभए काम गर्न गार्हो हुने बताएका लघुवित्त कम्पनीहरुलाई गभर्नर डाक्टर चिरञ्जीबी नेपालले १७ प्रतिशत पुर्याउन कठिन हुने प्रतिक्रिया दिएपछि उनीहरुले थप अध्ययन गरी स्प्रेट दरबारे प्रस्ताव लैजाने तयारी गरेका हुन् ।

राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमार्फत लघुवित्त संस्थाहरुले कर्जा लगानी गर्दा ग्राहकसँग लिने ब्याजदर सम्बन्धित संस्थाको कोषको लागतमा बढीमा ७ प्रतिशत स्प्रेड कायम गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ । तर लघुवित्त कम्पनीहरुले त्यति रेटमा काम गर्न नसक्ने भन्दै पुनर्विचार गरिदिन आग्रह गरेपछि राष्ट्र बैंकले सकारात्मक संकेत गरेको हो । यद्यपी कति प्रतिशत बढाउने भन्नेबारे भने अझै टुंगो लागेको छैन ।

केहीदिनअघि लघुवित्त संघका पदाधिकारीसंगको छलफलपछि दवै पक्षले स्प्रेट दर कायम गर्नेबार थप अध्ययन गर्ने र पुनः छलफल गर्ने सहमति भएको थियो ।