Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

लाइफ इन्स्योरेन्स कर्पोरेशनले गर्याे १०.५२ प्रतिशत लाभांश घोषणा

२०७७ मंसिर ११ गते

 

बैंकिङ खबर । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १० दशमलव ५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू २ अर्ब १ करोड रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांशको प्रस्ताव गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरे पश्चात मात्र वितरण योग्य हुनेछ ।