गुराँस इन्स्योरेन्सका नव निर्वाचित अध्यक्ष दुगडद्धारा सपथ ग्रहण

बैंकिङ खबर । गुराँस लाइफ इन्स्योरेन्सका नव निर्वाचित अध्यक्ष विवेक दुगडले सपथ ग्रहण गरेका छन् । उनले बीमा समितिका अध्यक्ष समक्ष सोमबार पद तथा गोपनियताको सपथ लिएका हुन् । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाइँ समक्ष बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३को उपदफा(४) सँग सम्बन्धित अनुसूची १ बमोजिम पद तथा गोपनीयताकोे सपथ लिइएको हो । कम्पनीको मंसीर ४ गते सम्पन्न दशौं वार्षिक साधारण सभाले संचालकहरू निर्वचित गरेको थियो । सोही दिन नै बसेको संचालक समितिको बैठकले दुगडलाई अध्यक्ष चयन गरेको हो। सपथ ग्रहण समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल र गुराँस लाइफ इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईको समेत उपस्थिति थियो ।


सोसिअल मेडिया