November 23rd, 2020

एनआईसी एशिया लघुवित्त उत्कृष्ट कर विधामा सम्मानित

बैंकिङ खबर । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमीटेड उत्कृष्ट कर सहभागिताको विधामा सम्मानित भएको छ । जाजरकोटमा मंसिर ७ गते आयोजित एक कार्यक्रमका बीच एनआईसी एशिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत डा।रामप्रसाद मैनालीले सम्मानित गरेका हुन् । जाजरकोट जस्तो विकट जिल्लामा केन्द्रीय कार्यालय रहेर पनि देशभर व्यवसायिक सेवा सुविधा प्रदान गरिरहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वोत्कृष्ट आयकर सहभागिता जनाई उत्कृष्ट भएको हो । कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा केन्द्रिय कार्यालय स्थापना गरी देशैभरि शाखा संचालन विस्तार गरी छोटो अवधिमा नै सरकारप्रतिको दायित्वमा आयकरमार्फत उत्कृष्ट योगदान गर्न सफल भएकोमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले खुशी व्यक्त गरेको छ ।संस्थाले हालसम्म संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करीव रु ११ लाख र आयकर अन्तर्गत करीव रु। ८ करोड ४६ लाख गरि राजस्वमा जम्मा रु ८ करोड ५७ लाख योगदान गरेको छ । दुर्गम स्थानबाट सेवा प्रदान गरी यति धेरै योगदान राजश्वमा गर्न सकिएकोमा पनि संस्थाले खुशी व्यक्त गरेको छ । यो लघुवित्तले हाल १२० शाखा कार्यालयहरुबाट करिब ४७ हजार सदस्यहरुसहित करिब ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]