Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

खुल्यो २ वटा विकास बैंकको हकप्रद : हेर्नुस्, कसरी दिने आवेदन ?

admin २०७३ श्रावण २३ गते
सेयर:

rights-issueसिन्धु विकास बैंकले लगानीकर्तालाई एक बराबर एकका दरले हकप्रद शेयर निष्कासन गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका १२ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । बैंकका सेयरधनीले साउन २३ गते देखि भदौ २६ गतेसम्म हकप्रदका लागि आवेदन दिन पाउनेछन् । साउन ६ गतेसम्म कायम शेयर धनिले मात्रै हकप्रद भर्न पाउने बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पुँजी १२ करोड ९ लाख रुपैयाँ छ । हकप्रद निश्कासन पछि बैंकको चुक्ता पुँजी २४ करोड १८ लाख रुपैयाँ पुग्नेछ । बैंकको शेयर निष्कासनका लागि विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल रहेको छ । लगानीकर्ताले सिन्धु विकास बैंकका शाखा र एनआईविएल क्यापिटलको कार्यालयमा आवेदन दिन पाउँछन् ।

त्यस्तै, गोर्खा जिल्लामा मुख्य कार्यालय रहेको मनास्लु बिकास बैंकले पनि ५० प्रतिशत हकप्रद शेयर निश्काशन गरेको छ । साउन ६ गते कायम शेयरधनीले बैंकको हकप्रदमा आवेदन दिन सक्नेछन् बैंकले दुई बराबर एक कित्ता शेयर हकप्रद दिन लागेको हो ।  हाल कायम चुक्ता पूँजी १८ करोड ३५ लाख रुपैयालई २७ करोड ५२ लाख पुर्याउन कम्पनीले हकप्रद जारी गर्न लागेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय र मनास्लु विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुमा गएर हकप्रद भर्न पाइने बताइएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।