Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सन नेपाल इन्स्योरेन्सद्धारा बीमा रकम भुक्तानी

२०७७ मंसिर ५ गते

बैंकिङ खबर । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनिले बीमा रकम भुक्तानी गरेको छ । कम्पनीले मंसिर ०५ गते गौरीगंगा नगरपालिका वडा नं.–०४ कैलालीस्थीत पिडित परिवारलाई बीमा रकम भुक्तानी गरेको हो ।  बीमित स्व.हिमालय विक्रम चन्दले बीमा लेख नं.९००१०१११ अन्तर्गत बीमाङ्क दश लाखको बैदेशिक रोजगार (म्यादी) जीवन बीमा गर्नु भएकोमा निजको मिती २०७७/०२/२४ गते मृत्यु भएकोले निजको श्रीमती निर्मला देवी चन्दलाई किरीया काज कर्मको लागि रु.एघार लाखको चेक रकम धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त हस्तान्तरणन गरेका हुन् ।