रिलायन्स इन्स्योरेन्सको ‘एक शेयरधनी एक बीमालेख’ अभियान सार्वजनिक

बैंकिङ खबर । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा ‘एक शेयरधनी एक बीमालेख’ अभियान सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा सो योजना सार्वजनिक गरेको हो । कम्पनीले सो योजना अन्तर्गत जीवनको हरेक मोडमा आइपर्ने विभिन्न आर्थिक आवश्यकताहरुलाई पूर्ति गर्न जीवन बीमा एक उचित माध्यम हुने बताएको छ । कम्पनीले यो अभियानबाट आफ्ना सबै शेयरधनीहरुलाई बीमाको अवधारणा भित्र ल्याउने प्रयास गरेको जनाएको छ । सो अभियान अन्तर्गत कम्पनीका शेयरधनीले आफ्नो आवश्यकता (बाल जीवन, बचत, अवकास र सुरक्षा) अनुरुपको योजनाहरु कम्पनीको कुनै पनि शाखामा सम्पर्क राखी वा अनलाइन पोर्टल मार्फत प्रतिस्पर्धात्मक बीमा शुल्कमा सजिलै लिन सक्ने बताएको छ ।


सोसिअल मेडिया