November 18th, 2020

रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा व्यतित बीमा लेखमा शतप्रतिशत विलम्ब शुल्क छुट

बैंकिङ खबर । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा ग्राहकलाई व्यतित बीमा लेखमा शतप्रतिशत विलम्ब शुल्क छुट प्रर्दान गर्ने भएको छ । कम्पनीले ‘कोभिड १९’ले पारेको समस्त अर्थतन्त्र र ग्राहक बर्गमा पर्न गएको नकारात्मक आर्थिक प्रभावलाई मध्यनजर गर्दै बीमा लेखमा शतप्रतिशत विलम्ब शुल्क छुट गर्न लागेको हो । कम्पनीले आफ्ना ग्राहकका व्यतित सबै बीमालेख २०७७ साल मंसिर महिना भित्र ग्राहकले पुनर्जागरण गरेमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रर्दान गर्ने जनाएको छ । सम्पूर्ण ग्राहकले उक्त छुटको फाईदा लिनेछन् भन्ने इन्स्योरेन्स कम्पनीले विश्वास गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]