महालक्ष्मी इन्स्योरेन्सद्धारा पोलिसी बोनस घोषणा

 

बैंकिङ खबर । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले २०७५/७६ को मूनाफाबाट बीमितहरुलाई पोलिसी बोनस घोषणा गरेको छ । कम्पनीले मूनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको २०७५/७६ को लागि न्यूनतम रु ५० प्रतिहजारको दरले बोनस घोषणा गरिएको हो। बीमा समितिले हालै जारी गरेको संसोधित बीमाङ्किय मुल्याङ्कन निर्देशिकामा अवधिसम्म जारी पोलिसीको विमाङ्किय मुल्याङ्कन गर्दा जारी पोलिसीको अवधि भुक्तानी नभए सम्मको लागि बोनस व्यवस्था गर्नु पर्ने व्यवस्था छ । सोहि व्यवस्था अनुरुप इन्स्योरेन्स कम्पनीले बोनस घोषणा गरेको हो । कम्पनीको आगामी विमाङ्किय मुल्याङ्कन नभए सम्मको लागि यही बोनस दरले अन्तरिम बोनस भुक्तानी गरिने जनाएको छ । कम्पनीको बीमा समितिबाट स्वीकृत बोनस यस्तो छ ।


सोसिअल मेडिया