लुम्बिनी जनरल इन्स्योरेन्सले गर्याे ८.१२ प्रतिशत बोनस शेयर हिताग्राही खातामा जम्मा

बैंकिङ खबर । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर शेयरधनीहरुको हिताग्राही खातामा जम्मा गरेको छ । कम्पनीको असार २४ गते सम्पन्न १५औं वार्षिक सभाबाट पारित भएको ८.१२५ प्रतिशत शेयर कम्पनीको शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।  कम्पनीले एक सूचना प्रकाशित गर्दै असार ७ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको शेयर सम्बन्धित हितग्राही खातामा उक्त बोनस जम्मा गरिएको जानकारी गराएको छ । साथै हालसम्म पनि शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकिकरण गराउन समेत आग्रह गरेको छ ।


सोसिअल मेडिया