वाणिज्य बैंकहरुले रियलस्टेट व्यवसायमा लगानी बढाएका छन् । अंकमा हेर्दा रियलस्टेटमा बैंकहरुको लगानी बढी देखिएपनि बैंकहरुको कारोबारमा भएको वृद्धिदर भने कम नै हो । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बाणिज्य बैंकहरुले रियलस्टेट व्यवसायमा कूल लगानीको ७६ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेका छन् ।
०७१ चैत मसान्तको तुलनामा ०७२ चैत मसान्तसम्ममा रियलस्टेटतर्फको कर्जा ११ अर्ब रुपैयाँले बढेको हो । तथापि यो कुल लगानीको ६ प्रतिशत मात्रै हो । ०७१ चैत मसान्तमा बैंकहरुको कुल लगानी १० खर्ब ९१ अर्ब रुपैयाँ थियो भने ०७२ चैत मसान्तसम्ममा रियलस्टेटमा बैंकहरुको कर्जा लगानी १२ खर्ब ६५ अर्ब रुपैयाँ थियो । अहिले एक वर्षको अवधिमा बैंकहरुको कर्जा विस्तार १ खर्ब ७४ अर्ब रुपैयाँले बढेको देखिन्छ ।
अधिक तरलताले ग्रसित भएको अवस्थामा पनि बैंकहरु घरजग्गा क्षेत्रमा लगानी नियन्त्रण गर्न सफल देखिएपनि व्यक्तिगत घरकर्जामा भने बैंकहरुको कर्जा लगानी धेरै देखिन्छ । एक वर्षको अवधिमै घरकर्जा भने १८ अर्ब रुपैयाँले बढेको छ । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको यसै अवधिमा एक करोड रुपैयाँभन्दा तलको घरकर्जामा ८० अर्ब मात्रै बैंकहरुको लगानी रहेकोमा अहिले त्यस्तो कजौमा बैंकहरुको लगानी ९८ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकहरुले घरजग्गामा आँखा चिम्लेर लगानी गर्न थालेपछि ०६७ सालमा केन्द्रीय बैंकले त्यसमा कडाई गरेको थियो । अहिलेको व्यवस्था अनुसार घरजग्गा शीर्षक अन्तर्गत चार उपशीर्षकमा कर्जा प्रवाह गर्न पाइन्छ । जसअन्तर्गत बैंकहरुले व्यक्तिगतरुपमा आवासिय घरजग्गा कर्जा, विजनेश कम्प्लेक्स र आवासिय अपार्टमेन्ट, आम्दानी दिने व्यावसायिक भवन, जग्गा खरिद तथा प्लटिङका लागि ऋण दिन सक्छन् ।
रियल स्टेटमा कुन बैंकको लगानी कति ? (हजार)मा
सिटिजन्स बैंक – ४४३७८६५
ग्लोबल आइएमइ बैंक – ३५६२५७०
नबिल बैंक – ४ अर्ब ३८४२९३
सानिमा बैंक – ३०८१६५१
प्रभु बैंक – ३९८८३२७
बैंक अफ काठमाडौँ – ७८८३३६
एनसीसी बैंक – ५०५९५२१
लम्बीनी बैंक – २१७७४११
एसबीआई बैंक –२७५९७४६
लक्ष्मी बैंक –१२२४३५२
स्ट्यान्डर्ड चार्टर्ड बैंक –१५७११३८
जनता बैंक –१०३५८२०
नेपाल इन्भेष्टमेन्ट बैंक –४६३६५७६
सिद्धार्थ बैंक –४५३३१८८
एनआइसी एसिया बैंक –२५१५४५६
एभरेष्ट बैंक – ३२०५१२४ रुपैयाँ
सनराईज बैंक – २२६४६३४
एनएमबी बैंक – ३३५४१५७
कुमारी बैंक – १८३५८९५
नेपाल बंगलादेश बैंक –३५५४००
हिमालयन बैंक –३३१३१३२
प्राइम कमर्सियल बैंक –४६०४३४१
सिभिल बैंक – १२६६१०९
मेगा बैंक –१८७५४८५
सेञ्चुरी बैक – १२११५२२
माछापुच्छ्रे बैंक –२२५९५९०
कृषि विकास बैंक – ६५७८९७
नेपाल बैंक – २७२८४६४
राष्ट्रिय बाणिज्य बैंक – ३३०६१७०
जम्मा –७६६३९००३




