Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी तेस्रो वार्षिक साधारणसभा सम्पन्न, पारित एजेन्डा यस्ता ?

२०७७ कार्तिक २६ गते

 

। ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज बुधबार ९कार्तिक २६गते० कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वर, काठमाडौंमा तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको हो । हालको परिस्थितिलाई मध्यनजर गर्दै इन्सोरेन्स कम्पनीले शेयरधनीहरुलाई शण्ण्m बाट सहभागि गराएको थियो । सभामा कम्पनीका संचालक, शेयरधनी, नियामक निकायका प्रतिनिधि, कार्यकारी प्रमुख, उच्च व्यवस्थापनका पदाधिकारी तथाकर्मचारीहरु लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । साधारणसभाले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पूँजीको ३० प्रतिशतले हुने ६६ करोड बराबरको साधारण शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो । हाल १ अर्ब ५४ करोड चुक्तापूँजी रहेको ज्योति लाइफले ६६ करोडको आईपीओ जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड पुग्नेछ । साथै कम्पनीमा संस्थापक र सर्वसाधारण समूहको शेयर हिस्सा ७०ः३० कायम हुने छ। साधारणसभामा कम्पनीका अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुतीको क्रममा आ।व।०७५/७६ मा प्रथम बीमाशुल्क तथा नविकरण शुल्क कुल एक अर्ब एक करोड ७५ लाख ८८ हजार ४९ रुपैयाँ बीमा शुल्क संकलन गरेको जनाएको छ । साथै उक्त अवधिमा कम्पनीले ६९ करोड २४ लाख ६५ हजार ८६३ रुपैयाँ जीवन बीमाकोष समेत खडा गरेको जनाएको छ । सम्भावित जोखिमको मुल्याङ्कन तथा व्यवस्थापन गर्दै कम्पनीले बिभिन्न बैंक तथा वित्तियसँस्थाहरुमा अल्पकालिन तथा दिर्घकालिन लगानी गरेको र जसको औषत प्रतिफल १०.५० प्रतिशत रहेको जानकारी गराउँदै यस आर्थिक वर्षमा कम्पनीले १८ करोड ७२ लाख ३२ हजार खुद मुनाफा आर्जन गरेको जानकारी दिए । उक्त सभामा कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले कम्पनीले ११७ वटा शाखा तथा उपशाखाहरु ७२ जिल्लामा आफ्नो ब्यवसायिक उपस्थिति जनाई जीवन बीमा ब्यवसाय गरि रहेको जानकारी दिए । गत आर्थिक वर्षमा कम्पनीले १० करोड ७८ लाख ७४ हजार ७२६ वितरणयोग्य नाफा आर्जन गरेको थियो ।