Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एनएलजी इन्सुरेन्सको बोनस सेयर सुरक्षित गर्ने सोमबार अन्तिम दिन

२०७७ कार्तिक २४ गते

बैंकिङ खबर । एनएलजी इन्सुरेन्सको ७.३७५ लाभांश सुरक्षित गर्ने आज सोमबार (कात्तिक २४ गते) अन्तिम दिन हो । सभा प्रयोजनका लागि एनएलजीले कात्तिक २५ गते मंगलबार बुक क्लोज गर्दैछ । यसकारण आजसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । एनएलजीले मंसिर ५ गते १४ औं वार्षिक साधारण सभा डाकेको छ । सभामा कम्पनीले ७.३७५ लाभांश वितरण गर्ने प्रमुख एजेन्डा पेश गर्दैछ । एनएलजीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ७५ बोनस सेयर र कर प्रयोजनार्थ ०.३७५ नगद वितरण गर्न लागेको छ । साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी काठमाडौंमा वेबिनार मार्फत बिहान १० बजेबाट सुरु हुनेछ । आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि छ । त्यस्तै, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।