Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

३ करोडको आईपीओमा ११ अर्बको आवेदन

२०७३ श्रावण २० गते

nationalनेशनल माइक्रोफाइनान्सले सर्वसाधारणका लागि जारी गरेको शेयरमा ३७१ गुणा भन्दा बढी आवेदन कम्पनीले ३ करोड रुपैयाँ बराबरको आइपिओका आवेदन माग गरेकोमा ११ अर्ब रुपैयाँ भन्दा बढीको आवेदन परेको हो । शेयर निष्काशन तथा बिक्री प्रवन्धक एनआइबीएल क्यापिटल मार्केट्सका अनुसार चार दिनको अवधिमा १ लाख ६४ हजार फारम मार्फत ११ अर्ब १५ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले साउन १६ गतेदेखि १९ गतेसम्मका लागि ३ करोड रुपैयाँ बराबरका ३ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । कम्पनीले न्युनतम ५ हजार रुपैंयादेखि अधिकतम १० लाख रुपैंयासम्मको आवेदन माग गरेको थियो ।

धादिङमा कार्यालय रहेको राष्ट्रियस्तरको नेशनल माईक्रोफाईनान्सले आफ्नो १० करोड चुक्ता पूँजी मध्ये ३० प्रतिशत शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । नेपाल ईन्भेष्टमेन्ट बैंक, कुमारी बैंक लगायतका ७ वटा बैंक तथा बित्तीय संस्थाहरुद्धारा प्रबद्र्धित कम्पनीको हाल ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेकोमा साधारण शेयर निष्काशनपछि चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्ने बताइएको छ ।