
बैंकिङ खबर । समाज लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाको सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले ३९ लाख ८ हजार रुपैयाँ नाफा गरेको हो । गत वर्षको सोही अवधिमा लघुवित्तको खुद नाफा ३ हजार रुपैयाँ मात्रै रहेको थियो । पहिलो त्रैमास सम्ममा लघुवित्तले ४ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १६ करोड ९८ लाख रुपैयाँ सापटी लिएको छ । यो अवधिमा लघुवित्तले २१ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तको खुद ब्याज आम्दानी २९ लाख २६ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको पहिलो त्रैमासमा भन्दा २४७.७३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ८ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । खुद ब्याज आम्दानी बढेपनि लघुवित्तको सञ्चालन मुनाफा भने नोक्सानीमा रहको छ । यो अवधिमा लघुवित्तको सञ्चालन नोक्सानी ५ करोड ९६ लाख ३५ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तको सञ्चालन नोक्सानी २ लाख ३७ हजार रुपैयाँ रहेको थियो । २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १० लाख २० हजार रुपैयाँ संचित रहेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५४ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ५ रुपैयाँ १० पैसा, तरलता अनुपात १०.०५ प्रतिशत र खराब कर्जा ०.०४ प्रतिशत रहेको छ । समाज लघुवित्त स्वास्तिक लघुवित्तसँग मर्जरको प्रकृयामा रहेको छ ।


