Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ?

२०७७ कार्तिक २० गते

बैंकिङ खबर । गुराँस लाइफ इन्स्योरेन्सको कार्तिक २० गते बिहीबार शेयरमूल्य समायोजन भएको छ । कम्पनीले आव २०७४/७५ बाट वितरण गर्ने बोनस शेयरको बुकक्लोजसँगै बिहीबार शेयरमूल्य समायोजन भएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीले आव २०७४/७५ बाट वितरण गर्ने ५.२५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरेको हो । बोनस शेयर समायोजनपछि नेप्सेले कम्पनीको समायोजित शेयरमूल्य ५७६ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ । यससँगै बिहीबार यहि मूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार खुल्नेछ । बुधबार कम्पनीको शेयर प्रतिकित्ता ६०७ रुपैयाँमा कारोबार भएको थियो । मङ्सिर ४ गते तिनकुने स्थित आफ्नै प्रधान कार्यालयमा सभा आह्वान गरेको साधारण सभाका लागि कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कार्तिक २० गतेदेखि बुकक्लोज गरेको हो । यसअनुसार कार्तिक १९ गते बुधबारसम्म नेप्सेमा शशेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।