Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बधबारदेखि सानिमा जनरल इन्स्योरेन्सको कारोबार खुल्ने, यस्तो छ ओपन रेन्ज

२०७७ कार्तिक १९ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बुधबार)बाट सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार खुल्ला हुने भएको छ । कम्पनीले मंगलबार नेप्सेमा शेयर सूचिकृत गराएसँगै कम्पनीको कारोबार आजबाट संचालनमा आउँने भएको हो । हिजो मंगलबार कम्पनीको १ करोड कित्ता साधारण शेयर (आइपिओ) नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०३ रुपैयाँ ७३ पैसादेखि अधिकतम ३११ रुपैयाँ १९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीको आइपिओलाई शेयर कारोबार गर्नका एसजिआइ संकेत प्रदान गरिएको छ ।