Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सानिमा जनरल इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत

२०७७ कार्तिक १८ गते

बैंकिङ खबर । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १ करोड कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले जारी गरेको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) सहित उक्त परिमाणमा शेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०३.७३ रुपैयाँ देखि अधिकतम ३११ रुपैयाँ १९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । यसअनुसार बुधबार कम्पनीको पहिलो कारोबार अधिकतम ३११ रुपैयाँमा कारोबार खुल्नेछ । सानिमा जनरल इन्स्योरेन्सको शेयर कारोबार गर्नका एसजिआइ कारोबार संकेत प्रदान गरेको छ ।