Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तोलाको साढे ५९ हजार पुग्यो सुनको भाउ

२०७३ श्रावण १९ गते

goldबुधबार सुन महँगिएको छ । सोमबार र मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार तोलाको ५ सय रुपैयाँका दरले महँगिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको ५९ हजार ५ सय रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५९ हजार २ सय ५० रुपैयाँका दरले किनबेच भइरहेको छ । यसअघि, मङ्गलबार छापावाल सुनको भाउ प्रतितोला ५९ हजार रुपैयाँ थियो भने तेजावी सुनको भाउ तोलाको ५८ हजार ७ सय ५० रुपैयाँ थियो । 

चाँदी पनि बुधबार तोलाको १० रुपैयाँका दरले महँगिएको छ । मङ्गलबार तोलाको ९ सय १० रुपैयाँमा दरले किनबेच भएको चाँदी बुधबार तोलाको ९ सय २० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।