२०७३ श्रावण १९ गते

मिथिला लघुवित्त र अल्पाइन डेभलपमेन्ट बैंकको हकप्रद खुल्यो, कहाँबाट दिने आवेदन ?

rights-issueमिथिला लघुवित्त विकास बैङ्क लिमिटेडको १ सय रुपैयाँ अंकित दरका १ लाख ६९ हजार ७ सय ४० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री साउन १९ गतेबाट खुलेको छ । भदौ २१ गतेसम्म विक्रि खुला रहने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । काठमाडौँस्थित कमलादीमा रहेको सिभिल क्यापिटलको कार्यालय र मिथिला लघुवित्तका जुनसुकै शाखाबाट हकप्रद भर्न पाइने छ ।  

त्यस्तै, अल्पाइन डेभलपमेण्ट बैङ्क लिमिटेडको ८ लाख २० हजार  कित्ता हकप्रद शेयरको निष्काशन पनि साउन १९ गतेदेखि नै सुरु भएको छ । ३ कित्ता शेयर हुनेले १ कित्ता हकप्रद पाउनेछन् । भदौ २१ गतेसम्म निष्काशन खुला रहने कम्पनीको धितोपत्र तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । काठमाडौँको नाथपोखरीस्थित एनएमबी क्यापिटलको कार्यालय, अल्पाइनको हेटौँडा, साँगा र चितवनको नारायणगढमा रहेको शाखा कार्यालय र एनएमबी बैंकको लुभु, कुमारीपार्टी, ठैब ललितपूर, बनेपा काभ्रे, भानुचोक जनकपूर, रंगेलीरोड विराटनगर, महेन्द्रपथ धरान,  बसपार्करोड धनगढी, सुर्खेतरोड नेपालगञ्ज, न्युरोड पोखरा र मिलनचोक बुटवलबाट आवेदन दिन सकिनेछ ।