August 2nd, 2016

सिभिल बैंकले युनिक फाइनान्स खरिद गर्ने

final photoसिभिल बैंकले युनिक फाइनान्स लिमिटेडलाई खरिद गर्ने भएको छ । खरिद गर्नेसम्बन्धि समझदारी पत्रमा सिभिल बैंकका अध्यक्ष ई. इच्छाराज तामाङ्ग र युनिक फाइनान्सका अध्यक्ष डा. बिनोद बहादुर खत्रीले मंगलबार हस्ताक्षर गरे । मर्जरपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बंैकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापन यथावत रहने बताइएको छ । 

२३ करोड रुपैयाँ चुक्ता पुँजीे रहेको युनिक फाइनान्सको खरिद पश्चात सिभिल बैंकको पुँजीरु ५ अर्ब ३१ करोड पुग्नेछ । यसअघि बैंकले २ अर्ब चुक्ता पुँजी रहेको इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीबीच मर्जर भएको थियो । मर्जरबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्घि भई केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । T-24 नामक अत्याधुनिक अपरेटिङ्ग सफ्टवेयर प्रयोग गरेको यस बैंकले आगामी दिनहरुमा नयाँ तथा ग्राहकमुखी थप सेवाहरु पनि थप्दै लाने जानकारी गराएको छ । साथै २०७४ असाढ मसान्तसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब पुर्याउन बैंकले बोनस शेयर र हकप्रद शेयर एवम् अन्य बैंक तथा वित्तीय संस्था गाभ्ने र गाभिने प्रक्रियालाई पनि साथ–साथै अगाडि बढाइने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए ।