Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

२०७७ आश्विन २९ गते

बैंकिङ खबर । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आज बिहीबार सम्पन्न भएको छ। काठमाण्डौको नक्सालस्थित म्यारियट होटल प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा कम्पनीका अध्यक्ष डा आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो। साधारणसभाले कम्पनीको सञ्चालक समितिका तर्फबाट अध्यक्ष डा घिमिरेबाट प्रस्तुत वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ । २०६४ सालमा दर्ता भई २०७४ मंसिर २८ गतेदेखि बीमा व्यवसाय कारोबार सञ्चालन गदै आएको कम्पनीको संचालक समितिमा अध्यक्षमा डा घिमिरेलगायत सञ्चालक सदस्यहरुमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेशबहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहेका छन्।