Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

यूनियन लाईफद्धारा व्यतित बीमालेखहरुमा शतप्रतिशत ब्याज छुट !

२०७७ आश्विन २९ गते

बैंकिङ खबर । यूनियन लाईफ इन्स्योरेन्सले व्यतित बीमालेखहरुलाई शतप्रतिशत व्याज छुट दिने भएको छ । यूनियन लाईफ इन्स्योरेन्सबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित भएकाहरुले कार्तिक ३० गतेसम्म नवीकरण गरेका उक्त छुट दिने बताएको छ । त्यसरी व्यतित भएको बीमालेखको लागि आवश्यक प्रकृया पुरा गरी आजदेखि कार्तिक मसान्त सम्ममा पूनर्जागरण (नवीकरण) गराएमा लाग्ने बीमा शुल्क ब्याजमा शतप्रतिशत छुट प्रदान गरिएको घोषणा गरेको छ । पूनर्जागरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त हुने कम्पनीले जनाएको छ ।