सिभिल बैंक र इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी लिमिटेड मर्जरमा जाने भएका छन् । यी दुई संस्थाबीच मर्जरका लागि अन्तिम सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ र आइएलएफसीका अध्यक्ष अञ्जय बहादुर शाहले हस्ताक्षर गरे । मर्जरको अन्तिम सम्झौता भएकोले दुवै संस्थाले चाँडै नै विशेष साधारण सभा बोलाउने भएका छन् । सिभिल बैंककै नामबाट कार्तिक १ गते संयुक्त कारोवार गर्ने गरी काम अघि बढाउने जनाइएको छ ।
यी दुवै संस्थाबीच २०७२ माघ ११ गते मर्जरमा जान सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भएको थियो । यी दुवै संस्थाबीच मर्जरमा जान सहमति भए पनि कर्मचारी व्यवस्थापन र शेयर स्वाप रेसियोमा कुरा नमिलेपछि मर्जर प्रक्रिया अघि बढ्न सकेको थिएन ।