October 2nd, 2020

उन्नति सहकार्य लघुवित्तमा आवेदन दिन अब ३ दिन मात्र बाँकी

बैंकिङ खबर । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि एक जना कर्मचारीको माग गरेको हो । आवेदन दिन चाहने इच्छुक व्यक्ति मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह वा सो सरह उतीर्ण गरी, बैंक तथा वित्तीय संस्थामा व्यवस्थापकीय पदमा कम्तीमा ५ वर्षको कार्यानुभव भएको हुनु पर्नेछ । आवेदन दिने अन्तिम मितिसम्म २५ वर्ष पूरा भई ५० वर्ष ननाघेका ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन वित्तीय संस्थाको केन्द्रीय कार्यालय वा इमेल ठेगाना [email protected] मार्फत दिन सकिनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]