July 29th, 2016

सातामा ४ सय रुपैयाँ महँगियो सुनको भाउ

goldसाताको अन्तिम दिन शुक्रबार सुनको भाउ स्थिर रहेको छ । बिहीबार तोलाको ५ सय रुपैयाँको दरले बढेको सुन शुक्रबार पनि सोही भाउमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ६ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । 

गत साताको शुक्रबार छापावाल सुनको भाउ तोलाको ५८ हजार ५ सय रुपैयाँ थियो भने तेजाबी सुनको भाउ तोलाको ५८ हजार २ सय ५० रुपैयाँ थियो । यसआधारमा यस साता सुनको भाउ तोलामा ४ सय रुपैयाँका दरले बढेको छ । साताभर सुनको भाउमा उतारचढाव आइरहेपनि धेरै मात्रामा घट्ने अथवा बढ्ने भएन । साताको आइतबार तोलामा १ सय रुपैयाँ सस्तिएको सुनको भाउ सोमबार पनि २ सय रुपैयाँ सस्तियो भने मंगलबार २ सय रुपैयाँका दरले महँगियो । त्यस्तै, बुधबार स्थिर रहेको सुनको भाउ विहिबार एकैदिन ५ सय रुपैयाँका दरले बढ्यो ।  

चाँदी पनि शुक्रबार विहिबारकै मूल्यमा कारोबार भइरहेको छ । विहिबार चादी बुधबारको ८ सय ८५ रुपैयाँको तुलनामा २५ रुपैयाका दरले महगिँदै तोलाको ९ सय १० रुपैयाँका दरले कारोबार भएकोमा शुक्रबार पनि सोही भाउमा कारोबार भइरहेको हो । साताभरमा भने चाँदीको भाउ तोलाको २० रुपैयाँका दरले बढेको छ ।