Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

चार लघुवित्तमा रोजगारीको अवसर छानी छानी आवेदन दिनुहोस्

२०७७ आश्विन १४ गते

बैंकिङ खबर । देशको अग्रणी लघुवित्त संस्थाको रुपमा रहेको छिमेक लघुवित्त वित्तीय संस्थाले अधिकृत र सहायक अधिकृत तहमा कर्मचारी माग गरेको छ । उक्त माग अनुसार योग्यता पुगेका व्यक्तिहरुले दरखास्थ दिन सक्नेछन् । दरखास्थ मिति २०७७ असोज १९ गतेसम्म रहेको छ ।

यस्तै, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले अधिकृत, सहायक अधिकृत, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । संस्थाले मेहनति, इमान्दार र अनुभवी कर्मचारी आवश्यक भएको जनाउँदै खुल्ला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्ने जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरीकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।

 

यता, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । संस्थाले नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि एक जना कर्मचारीको माग गरेको हो । आवेदन दिन चाहने इच्छुक व्यक्ति मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह वा सो सरह उतीर्ण गरी, बैंक तथा वित्तीय संस्थामा व्यवस्थापकीय पदमा कम्तीमा ५ वर्षको कार्यानुभव भएको हुनु पर्नेछ । आवेदन दिने अन्तिम मितिसम्म २५ वर्ष पूरा भई ५० वर्ष ननाघेका ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन वित्तीय संस्थाको केन्द्रीय कार्यालय वा इमेल ठेगाना vacancyunnatimfi2076@gmail.com मार्फत दिन सकिनेछ ।

 

यस्तै,  सिभिल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले अनुगमन अधिकृत, शाखा कार्यालय प्रमुख, कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।