Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सानिमा लाइफको सीईओमा अगम मुखिया

२०७७ आश्विन १४ गते

बेंकिङ खबर । सानिमा लाइफ इन्स्योरेन्सको सीईओमा अगम मुखिया नियुक्त भएका छन् । मुखियाले त्रिभुवन विश्वविद्यालयबाट फिजिक्स, काठमाडौं विश्वविद्यालयबाट म्यानेजमेन्ट र पूर्वाञ्चल विश्वविद्यालयबाट कम्प्युटर एप्लिकेसन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनीसँग विभिन्न बीमा कम्पनीहरूमा काम गरेको १६ वर्ष भन्दा बढी अनुभव छ ।
कम्पनीको सञ्चालक समितिमा प्रमुख कार्यकारी अधिकृत पदको सपथ ग्रहण गर्दै उनले आफूसँग रहेको कार्य अनुभवबाट कम्पनीलाई नयाँ आयाम दिदै जीवन बीमा कम्पनीहरू मध्ये उत्कृष्ट स्थान हासिल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।