July 31st, 2016

गोर्खाज फाइनान्समा रोजगारीको अवसर !

gurkhas-financeराष्ट्रिय स्तरको फाइनान्स कम्पनी गोर्खाज फाइनान्समा विभिन्न पदमा जागीर खुलेको छ । कम्पनीले केही संख्यामा शाखा व्यवस्थापक काठमाडौँ र काठमाडौँ बाहिरका लागि, कानुन विभागका लागि एक जना कर्पोरेट कानुनमा स्नातकोत्तर उतीर्ण गरेको, आईटी विभागका लागि एक जना आईटीमा स्नातक गरेको, अपरेसन, विजनेस तथा क्रेडिटमा केही प्रशिक्षार्थी एसिस्टेन्टदेखि अफिसरसम्म र एचआर डिपार्टमेन्टका लागि एक जना एचआरमा स्नातकोत्तर गरेको जुनियर अफिसर वा अफिसर पदका लागि माग गरेको हो । 

यसबाहेक, एसिस्टेन्ट लेभलमा रहेर काम गर्न चाहनेले कम्तीमा व्यवस्थापन संकायमा ५० प्रतिशत प्राप्तांकसहित +२ पास गरेको हुनुपर्नेछ । अफिसर लेभलमा रहेर काम गर्न चाहनेले व्यवस्थापन संकायमा ५० प्रतिशत प्राप्तांकसहित स्नातक तह उतीर्ण गरेको हुनुपर्नेछ भने व्यवस्थापकीय तहमा रहेर काम गर्न चाहनेले व्यवस्थापन संकायमा स्नातकोत्तर उतीर्ण गरेको हुनुपर्ने बताइएको छ । सीए अथवा एसीसीए कोर्स गरेकाहरुलाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ । एसिस्टेन्ट लेभलका लागि ३० वर्ष मुनि र अन्यका लागि ४० वर्ष मुनिको हुनुपर्ने र स्थानीयलाई प्राथमिकता दिइने समेत कम्पनीले जानकारी गराएको छ । 

कम्पनीले तोकेबमोजिम योग्यता पुगेका र इच्छुक व्यक्तिले निवेदन र हालसालै खिचेको एक प्रति फोटोको साथमा vacancy@gurkhasfinance.com.np मा पठाउनुपर्नेछ । आवेदन बुझाउने मिति आगामी साउन २७ गतेसम्म रहेको छ ।