
बैंकिङ खबर । काभ्रेपलान्चोक केन्द्रिय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लि., बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. रम्याग्दीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्था लि. का विच एक आपसमा गाभ्ने/गाभीने (मर्जर) कोे सहमति भएको छ ।
गाभ्ने/गाभीने (मर्जर) सम्वन्धि समझदारीपत्रमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष जगत वहादुर पोखरेल, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष पद्मनाथ शर्मा र शालीग्राम लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष कृष्ण वहादुर थापाले शुक्रवार बागलुङ बजारमा हस्ताक्षर गरेका छन् ।
गाभ्ने/गाभीने (मर्जर) सम्वन्धमा नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न/गाभिने तथाप्राप्ति (एक्विजिसन) र विलय (मर्जर) सम्वन्धी नियमावली २०७३ (चौथो संशोधन २०७५) को विनियमावली ५ बमोजिम त्रीपक्षीय रुपमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
हाल आरम्भ चौतारी र सिवाईसी नेपालको राष्ट्रिय स्तरको कार्यक्षेत्र छ भने शालीग्रामको गण्डकी प्रदेशका ११ जिल्लामा कार्यक्षेत्र रहेको छ । गाभ्ने/गाभीने (मर्जर) पश्चात एकिकृत संस्थाको चुक्तापुँजी ३५ करोड २ लाख ६५ हजार हुनेछ । आरम्भ चौतारीले यस पूर्व नै सर्वसाधारणकालागि आई.पी.ओ. निश्कासन गरिसकेको छ भने सिवाईसी नेपाल र शालिग्रामको सर्वसाधारणका लागि छुट्टाएको शेयर रकम एफ.पि.ओ. को माध्यमद्धारा पुरा हुनेछ ।
वित्तीय संस्थाको संयुक्त कारोवार माघ महिनाभित्र गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ ।
समझदारी पत्रमा हस्ताक्षर समारोहका क्रममा बोल्दै सिवाईसीका अध्यक्ष पद्मनाथ शर्माले मर्जर पश्चात संस्था एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने धारणा राख्नुभएको थियो । कार्यक्रममा आरम्भ चौचारीका अध्यक्ष पोखरेलले एकीकृत संस्थालाई देशकै नमुना संस्थाको रुपमा स्थापीतगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सोही अवसरमा सिवाईसीको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले संस्थालाई समयक्रमानुसार नीतिविधि र प्रविधिको प्राधानता भित्र सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । त्यस्तै शालिग्रामका अध्यक्ष कृष्ण वहादुर थापाले गरिव तथा विपन्न सदस्यहरुको आर्थिक उत्थान र दुवै संस्थाको विकासका लागि मर्जर समझदारी कोशेढुङ्गा सावित हुने कुरा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम तीन वटै संस्थाका अध्यक्षको संयुक्त अध्यक्षता र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. का सञ्चालक डोलीन्द्र प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।