September 25th, 2020

बिल्स कलेक्सन के हो ? के के छन् फाइदाहरु ?

प्रदिप खतिवडा- बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका ग्राहकहरुलाई ग्राहकले विभिन्न माध्यमबाट प्राप्त गरेको विभिन्न प्रकारका वित्तीय उपकरणहरु प्राप्त गर्ने, ग्राहकको तर्फबाट एजेण्ट भई बैंकिङ कारोबार सञ्चालन गर्ने, विल्सको संकलन र भुक्तानी सम्बन्धि कारोबारलाई बिल कलेक्सन कारोबार भनिन्छ ।
बिल कलेक्सन गैरकोषमा आधारित बैंकिङ सुविधा हो, जसले बैंक एजेण्टको रुपमा ग्राहकको खाता सञ्चालन गरी बिल्स प्राप्ती र सो बापतको रकम जम्मा गर्ने कारोबार गर्दछ । बिल्स कलेक्सन सम्बन्धि कारोबारका लागि कम्पनी ऐन अनुसार वि.सं. २०६५ सालमा नेपाल क्लियरीङ हाउस स्थापना भएको छ । जसका सदस्य बैंकहरुले एक आपसमा बिल्स कलेक्सन र हिसाब मिलानको कार्य सम्पन्न गर्दछन् ।

बिल्स सम्बन्धि कारोबारबाट देहाय बमोजिमका फाइदाहरु लिन सकिन्छ ।
बैंकिङ भुक्तानी प्रणालीलाई छिटो, छरीतो र विश्वसनीय बनाउने ।
कोष संकलन र रकमान्तरण व्यवस्थित हुने
छोटो समयमा बिल्सको कारोबारको हिसाब मिलान गर्न सकिने ।
बिल्सलाई ग्राहकले दरपीठ गरी भुक्तानी स्वामित्व परीवर्तन गर्न मिल्ने
अन्तरबैंक बिल्स हिसाब मिलान सहज हुने ।
बिल्स खरीदबाट बैंकले कमीशन आम्दानी प्राप्त गर्ने
बिल्स कारोबारबाट तरलता व्यवस्थापनमा सहयोग पुग्ने ।
बैंकिङ व्यवसाय ग्राहकमैत्री र सरल तथा सुविधायुक्त हुने ।

बिल्स कलेक्सनलाई आधारभुत रुपमा २ भागमा वर्गीकरण गरीन्छ ।
तिनीहररुलाई Clear Bills  र documentary bills मा विभाजन गरीन्छ । जसको विस्तृत चर्चा देहाय बमोजिम गरिएको छ ।

१. Clear Bills
यस प्रकारको बिल्स अन्तर्गत चेक तथा ड्राफ्ट र Pay Order पर्दछ । जसको उत्पती बैंकको कुनै शाखाबाट हुन्छ,भने यस्तो
जारी गरीएको बिल्सलाई बैंकमा खाता भएको ग्राहकले संकलन र भुक्तानीका लागी नियम बमोजिम बैंकमा उपस्थित गराएमा समासोधन गृहको प्रयोग गरी हिसाब राफसाफ र मिलान गर्नुपर्दछ ।
यस्तो बिल्स साधारण प्रकृतिको र नियमित प्रक्रिया अनुसार जारी र प्रयोग गरीन्छ । यसको मुख्य उदेश्य बैंकले ग्राहकलाई बैंकिङ कारेबारमा सहुलियत प्रदान गर्नु हो ।

२. documentary bills : यस्तो बिल्सहरु अर्को बैंक वा ग्राहकको लागि बैंकले आफ्नो ग्राहकको पक्षबाट जारी गर्दछ, जसलाई खातावाला ग्राहकले प्रस्तुत गरेमा बिल्स कलेक्सन, प्रशोधन र भुक्तानी गर्नुपर्दछ । यसका केही उदाहरणहरुमा प्रतितपत्रको कागजात, बैंक जमानतको कागजात, बाणिज्य पत्र तथा एस्तै प्रकारका अन्य प्रतिवद्धताहरु रहेका छन् । प्रतिवद्धताका शर्त अनुसार बैंकले यस्ता बिल्सहरु संकलन र कारोबार गर्दछ ।

निश्कर्ष :
बैंक तथा वित्तीय संस्थाले आफ्ना खातावाला ग्राहहकको पक्षबाट क्लिन बिल्स र documentary bills संकलन, खरीद र भुक्तानी कार्य गर्नुलाई बिल्स कलेक्सन भनिन्छ, जसबाट बैंक तथा वित्तीय संस्थाले कमिशन आम्दानी र ग्राहकले सहज बैैंकिङको सुविधा प्रप्त गर्दछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]