Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

निश्कृय खातालाई सक्रिय बनाउन के के गर्ने ?

admin २०८२ चैत्र २३ गते
सेयर:

बैंकिङ खबर / कुनै पनि बैंकमा रहेको निश्कृय खाता सक्रिय गराउनका लागि बैंकमा सम्पर्क गरेर वा बैंकमा गएर निवेदन दिनुपर्दछ । त्यसपछि बैंकले मागेका आवश्यक डकुमेन्टहरु र कागजपत्रहरु देखाउनुपर्ने वा बुझाउनुपर्ने हुन सक्छ । आफ्नो नागरिकता वा आइडि प्रमाण, आवास प्रमाण, केवाईसी अपडेट जस्ता कुराहरु महत्वपूर्ण हुन्छन् । यदी संस्था वा कम्पनीको खाता छ भने कम्पनी नविकरण भएको, कर चुक्ता भएको र अडिट रिपोर्टहरु लगातार तयार भइरहेको हुनुपर्छ । त्यसपछि बैंकले खातालाको स्थिति जाँच गर्नेछ र आवश्यक प्रक्रिया पूरा गरेपछि खाता सक्रिय हुने छ । यदि बैंक खातावालको मृत्यु भएको छ भने हकदाबी गर्ने हकवाला जानुपर्दछ । कोही पनि हकवाला फेला नपरेको अबस्थामा भने उक्त रकम नेपाल राष्ट्र बैंकको बैंकिङ विकास कोषमा स्वतह जम्मा हुने गर्दछ । अहिलेसम्म यसरी खाता दाबी नगरिएको रकम करिब १ अर्ब ६० करोड भन्दा बढी भएको केन्द्रीय बैंकले जनाएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।