Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तोलाको ५८ हजार ९ सय पुग्यो सुनको भाउ

२०७३ श्रावण १३ गते

goldसाताको बुधबार स्थिर रहेको सुनको भाउ बिहीबार तोलाको ५ सय रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ६ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि बुधबार, छापावाल सुन तोलाको ५८ हजार ४ सय रुपैयाँ र तेजावी सुन तोलाको ५८ हजार १ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो । 

त्यस्तै, चाँदी विहिबार तोलाको २५ रुपैयाँका दरले महँगिएको छ । बुधबार तोलाको ८ सय ८५ रुपैयाँका दरले कारोबर भएको चाँदी विहिबार तोलाको ९ सय १० रुपैयाँका दरले किनबेच भइरहेको महासङ्घले जनाएको छ ।