September 22nd, 2020

कोरोनाका कारण व्यबसाय वा जागिर गुमाउनुभयो ? अब गर्नुस् यस्तो तयारी

बैंकिङ खबर । कोरोनाभाइरसको कारण थुप्रैले घरबाट काम गरिरहेका छन्, किनभने प्रायः भाइरस चेन तोड्न घरबाटै काम गरीरहेका छन् । यो व्यावसायिक संसारको एक हिस्सा हो । दोस्रो हिस्सामा त्यस्ता मानिसहरु छन् जो कम्पनीको घाटाका कारण हटाईएका छन् वा अनिश्चितकालको लागि बिदामा बसेका छन् । दुबै घरमा छन्, तर अवस्था पूर्ण रूपमा भिन्न छ । जागिर गुमाउनु नै मनोबल गिर्नु हो । धेरै मानिसहरु पारिवारिक र आर्थिक कारणले गर्दा मानसिक रुपमा विचलित हुन्छन् ।

समय सबैभन्दा महत्त्वपूर्ण छ । यो कहिले पनि रोकिदैन । हामी समयसँग डराउनुहुँदैन । आफूलाई तयार राख्नुहोस् ।

शान्त रहनुहोस् : आफुलाई आराम दिन कोसिस गर्नुहोस्, किनभने जागिरको समस्याहरूले नकरात्मकता बढाउँछ । रोजगारीका कारण आर्थिक समस्या आउँछ, परिवारिक समस्याहरू सुरु हुन्छन् । यसले तनाव उत्पन्न गराउँछ ।

सकारात्मक रहनुहोस् : सकारात्मक रहनुहोस् र सकारात्मक चीजहरू पढ्नुहोस् ।
कुनै काम सानो हुदैन : नराम्रो परिस्थितिमा कुनै पनि कामलाई सानो मान्नुहुदैन । तपाईको समस्याको बारेमा केही सोच्नुहोस् । यसले उत्तम भविष्यतर्फ डोहोर्याउन सक्छ । जीविकोपार्जनका लागि तपाईले गर्न सक्ने कुरा गर्नुहोस्, ताकि कमाईको चिन्ता कम नै होस् ।
स्वास्थ्यको ख्याल : मानसिक समस्याहरूलाई स्वास्थ्य समस्या निम्त्याउन नदिनुहोस् । आफुलाई शान्त राख्न स्वस्थ रहनुहोस् र सन्तुलित आहार लिनुहोस् । गिरावटको कारणले तपाईको ध्यान लक्षको सट्टा स्वास्थ्यमा बदल्छ । यसपछि तनाव बढ्छ । तनावको सिधा असर हाम्रो हृदय, पाचन र श्वासप्रश्वासमा पर्छ ।

एक्लो नहुनुहोस् : यस्तो अवस्थामा व्यक्ति छिटो तनावको सिकार बन्छ । सकेसम्म धेरै समय आफ्नो परिवार संग बिताउन कोशिस गर्नुहोस् । यसले तपाईलाई मानसिक रूपले मजबुत बनाउनेछ । तनाव हुने छैन ।

आर्थिक मोर्चामा आफूलाई कसरी तयार गर्ने :
विज्ञहरूका अनुसार यदि तपाईले महामारीको समयमा आफ्नो व्यवसाय वा काम गुमाउनु भएको छ र तपाईसंग बचत छ भने तपाईले त्यसलाई सही तरिकाले प्रयोग गर्नु नै एक मात्र उत्तम तरीका हो । तपाईका बचतहरूलाई सावधानीपूर्वक खर्च गर्नु अत्यन्त महत्वपूर्ण छ ।

आवश्यक खर्च : विशेषज्ञहरूले यस अवधिमा कुनै पनि अनावश्यक खर्चहरू रोक्ने सल्लाह दिन्छन् किनभने तपाई पुनः काम सुरू नगरेसम्म बचत मात्र तपाईको सहारा हुनेछ । यस्तो अवस्थामा खाना र स्वास्थ्यलाई प्राथमिकता दिनुहोस् ।

गलत निर्णय नगर्नुहोस् : काम छोडे पछि धेरै पटक गलत निर्णय लिन सकिन्छ । थोरै सोच्नुहोस् र अनुमान लगाउनुहोस् तपाईंको बेरोजगारी समय कति लामो हुन सक्छ । हडबडीमा आफ्नो संचित पूंजी खर्च नगर्नुहोस् । यदि तपाईलाई गाह्रो भइरहेको छ भने, आर्थिक सल्लाहकारको सहयोग लिनुहोस् ।

उधारोमा ध्यान दिनुहोस् : यसमा ध्यान दिनु महत्त्वपूर्ण छ । तपाईले कसलाई कति पैसा तिर्नुपर्दछ ध्यान दिनुहोस् । यसो गर्नाले, तपाईंले अन्य महत्त्वपूर्ण खर्चहरूलाई पनि नियन्त्रण गर्न सक्नुहुन्छ र बचत गर्न सक्षम हुनुहुनेछ ।

अनावश्यक बिलहरू तिर्नबाट रोकिनुहोस् : कामको क्रममा तपाईंले धेरै सेवाहरू लिनुभयो होला जस्तै जिम वा क्लब सदस्यता यस्तो खराब समयमा यी सुविधाहरू जारी राख्न गाह्रो हुन सक्छ । तपाईंको बिलको प्राथमिकता बनाउनुहोस् । पहिले कुन भुक्तानी गर्न आवश्यक छ हेर्नुहोस् । यदि सम्भव छ भने, कम पैसा तिर्नुहोस्, यसबाट तपाईं जरिवाना वा ढिला शुल्कबाट बच्न सक्नुहुनेछ ।

अब भविष्यको तयारी

तुरुन्त नयाँ काम खोज्न सुरु गर्नुहोस् ः धेरै मानिसहरूलाई लाग्छ उनीहरूले छिट्टै नयाँ काम फेला पार्नेछन् यस्तै सोची काममा फोकस नभई छुट्टीको योजना बनाउन सुरु गर्छन् तर रोजगारीमा लामो ग्यापले तपाईंको प्रोफाइललाई कमजोर तुल्याउन सक्छ । यदि तपाई बेरोजगार भएपछि केही समय रेस्टको सोचमा हुनुहुन्छ भने तपाईले आफ्नो आपतकालीन कोष जोखिममा हाल्दै हुनुहुन्छ ।

सीपहरूका बारेमा हेर्नुहोस् : तपाईंले अघिल्लो काममा के गर्नुभयो र कुन जागिरमा तपाईं उत्तम हुनुहुन्छ भन्ने बारे एक सूची बनाउनुहोस्, आफ्नो सीपको बारेमा थाहा पाए पछि, एक राम्रो सीभि तयार गर्नुहोस्, जसमा तपाईको उपलब्धिहरू र सीपहरूको बारेमा जानकारी होस् ।

नयाँ चीजहरू सिक्नुहोस् : जब तपाईं सीपहरूको सूची बनाउँदै हुनुहुन्थ्यो, त्यसबेला तपाईंले नयाँ के सिक्ने भन्ने थाहा पाउनुहुनेछ । सँधै सिकिरहने तपाइएको लक्ष्य हुनुपर्छ । नयाँ काम नपाउदासम्म तपाई भित्र नयाँ कौशल तयार गर्नुहोस् ।

मौका नमिले तयारी गर्नुहोस् : तपाईं लामो समयदेखि नयाँ जागिर खोज्दै हुनुहुन्छ, तर सफल हुनुभएको छैन भने आफ्नै काम सुरू गर्ने बारेमा सोच्नुहोस् । यदि तपाईं आफूलाई नयाँ सुरूवातको योग्य ठान्नुहुन्छ भने, यसलाई विचार गर्नुहोस् । यस्तो अवस्थामा तपाईले आफ्नो क्षेत्रको विशेषज्ञको सहयोग लिन सक्नुहुन्छ ।

आफुलाई कमजोर बठान्नुहोस् : रोजगारीबाट निकालिनुले ज्यादै नराम्रो महशुस गराउँदछ, तर यसलाई व्यक्तिगत रूपमा लिनु हुँदैन । तपाई को हो भन्ने कुराले महत्व राख्छ न कि तपाईको काम वा कम्पनी । कम्पनीले आर्थिक समस्याको कारण तपाईलाई तपाईको जागिरबाट निकालेको हुन सक्छ । यस्तो वित्तीय कठिनाईमा तपाईको कुनै नियन्त्रण हुदैन । आफ्नो सीप बढाउनुहोस् र आफ्नो दमले फेरि काम खोज्नुहोस् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]