२०७३ श्रावण १३ गते

नेपाल बैंकमा जागीर खुल्यो (विज्ञापनसहित)

मुलुककै पुरानो नेपाल बैंक लिमिटेडमा ८१ जनाका लागी जागीर कर्मचारी माग गरेको छ । सरकारी स्वामित्वमा रहेको वाणिज्य बैंक नेपाल बैंकले पदपूर्तीमा लागि खुला आवेदन माग गरेको हो । बैंकले सहायक, वरिष्ठ सहायक, सहायक प्रबन्धक र उपप्रबन्धकका लागि दरखास्त आह्वान गरेको छ । उपप्रबन्धकका लागि कानुनमा स्नातकोत्तर उत्तीर्ण गरी अधिवक्ताको लाइसेन्स लिएको हुनुपर्ने शैक्षिक योग्यता तोकेको छ । आवेदन माग भएको ६ पदको सहायक प्रबन्धकका लागि कम्प्युटर तथा सूचना प्रविधिमा स्नातक उत्तीर्ण भएको हुुनुपर्ने उल्लेख गरेको छ ।

दुई वर्षअघि विदेशी व्यवस्थापनबाट नेपाली व्यवस्थापनलाई हस्तान्तरण भएको नेपाल बैंकले ४, ५, ६ र ७ तहका लागि १५ दिनभित्र आइपुग्ने गरी आवेदन बुझाउन आह्वान गरेको छ । बैंकले खुला, महिला, आदिवासी÷जनजाति, मधेसी, दलित, अपांग, पिडिएको क्षेत्रका लागी कोटा छुट्याएको छ ।

nbl