वाणिज्य बैंकहरुले अब स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती डिनार र बहराइन डिनारको खरिद र विक्रि गर्न पाउने भएका छन् । यसअघि उक्त मुद्रा खरिद मात्रै गर्न पाउने व्यवस्था रहेकोमा नेपाल राष्ट्र बैंकले बिक्री पनि गर्न सकिने गरी फुकुवा गर्न लागेको हो । राष्ट्र बैंकले यी मुद्राहरु खरिदसँगै विक्रि पनि गर्नका लागि बैंकहरुलाई निर्देशन दिने तयारी गरिरहेको जनाइएको छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि गत असार ३० गते सार्वजनिक मौद्रिक नीतिमा यस विषयलाई उठाइएको छ । मौद्रिक नीतिमा विदेशी मुद्राको मागलाई दृष्टिगत गरी खरिद दर मात्र उल्लेख भएका यी पाँच विदेशी मुद्राको खरिद दर र बिक्री दर तोकी बिक्री गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।
केही महिनाअघि, चिनिया युआन, साउदी अरब रियाल, कतारी रियाल, थाई भाट, संयुक्त अरक इमिरेट दिराम, मलेशियन रिङ्गिट र दक्षिण कोरियन वनको बिक्री खोलिएको थियो ।
