July 27th, 2016

विदेशी लगानी भित्र्याउन योजना बनाउँदै लगानी बोर्ड

lagani boardलगानी बोर्डले स्वदेशी तथा विदेशी लगानी आउन सक्ने सम्भावित ठूला परियोजनाको सूची (परियोजना बैंक) बनाउने तयारी गरेको छ । परियोजना बैंक बनाउने तयारीमा जुटेको बोर्डले परियोजना खोजी तथा छनोट प्रक्रिया समेत अघि बढाइसकेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार बोर्डले सरकारले पहिचान गरेका वा सम्भावना भएका परियोजनालाई एकीकृत गरी परियोजना बैंक बनाउनेछ । यसका लागि अघिल्लो साता सबै मन्त्रालयलाई पत्राचार गरेर उनीहरूसँग लगानीयोग्य परियोजनाको सूची पठाउन आग्रह गरिसकेको उनले बताए ।

एक सय परियोजनाको सूची बोर्डले सडक, रेल, केबलकार, जलविद्युत्लगायत पूर्वाधार, प्रशोधन तथा उत्पादनमूलक उद्योग, सूचना प्रविधि र सेवाक्षेत्रको परियोजना तयार पार्नेछ । कम्तीमा एक सयवटा परियोजनाको बैंक बनाइने उनले बताए । नेपालमा लगानीयोग्य परियोजना नभएकै कारण पर्याप्त विदेशी लगानी भित्रिन नसकेको बोर्ड सिइओ अधिकारीको भनाइ छ ।