नेपाल ग्रामीण विकास बैंकले सीईओ माग गरेको छ । बैंकले खुला प्रतियोगिताद्धारा पदपूर्ति गरिने जनाएको छ । कुनै पनि विषयमा स्नातक उतीर्ण गरी बैंकिङ, वित्तीय वा संगठित क्षेत्रको कार्यकारी तह वा सञ्चालक पदमा कम्तीमा ५ वर्षको अनुभव भएको र दरखास्त दिने अन्तिम मितिसम्ममा ४० वर्ष पुरा भई ५८ वर्ष उमेर ननाघेको नेपाली नागरिकलाई आगामी भदौ ८ गते कार्यालय समयभित्र बैंकको प्रधान कार्यालय बुटवल वा काठमाडौँस्थित शाखा कार्यालय बुढानिलकण्ठ, बाँसबारीमा आवेदन दिन बैंकले आग्रह गरेको छ ।
थप जानकारीका लागि हेर्नुस् ग्रामीण विकास बैंकद्धारा जारी विज्ञापन जस्ताको तस्तै :