July 29th, 2016

इन्फिनिटी माइक्रोफाइनान्समा सीईओ बन्ने अवसर !

infinityसीईओ बन्ने हो ? इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले तपाईँलाई सीईओ बन्नेबाटो खोलिदिएको छ । काठमाडौँमै केन्द्रिय काार्यालय रहेको कम्पनीमा सीईओ बन्न चाहनेका लागि निम्न योग्यता तोकिएको छ : “जुनसुकै विषयमा स्नातक तह उतीर्ण गरेको हुनुपर्नेछ । कुनै पनि वित्तीय संस्थामा कम्तीमा १० वर्ष कार्यकारी या व्यवस्थापकीय पदमा रहेर काम गरेको हुनुपर्नेछ । साथै, माइक्रोफाइनान्स कम्पनीमा कम्तीमा ५ वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ ।” 

इच्छुक र योग्यता पुगेका क्यान्डिडेटले निवेदनको साथमा पासपोर्ट साइजको फोटो, विजनेस प्लान र वायोडाटाका साथमा खामबन्दी गरेर अथवा इमेल infinitymbsl@gmail.com मार्फत पठाउनुपर्नेछ । इमेल पठाउँदा विषयमा एप्लिकेसज फर सीइडी लेख्नुपर्नेछ । आवेदन परेकामध्ये छनौटमा परेकालाई मात्र थप तयारी गर्न लगाइने कम्पनीले उल्लेख गरेको छ । आवेदन बुझाउने मिति ४ अगस्ट अर्थात साउन २० गतेसम्म रहेको छ ।