प्रभु क्यापिटलले अफिसर लेभलका कर्मचारी माग गरेको छ । कम्पनीले काठमाडौँ उपत्यकाका लागि कर्मचारी माग गरेको हो । मेनेजमेन्ट तथा अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेको ३५ वर्षभन्दा कम उमेर भएका नेपाली नागरिकले जागीरको लागि आवेदन दिन सक्नेछन् । साथै, यो पद कम्पनीका विजनेस डेभलपमेन्ट तथा एकाउन्ट युनिटमा भएकाले नेपाली पुँजी बजारको बारेमा राम्रो ज्ञान भएको हुनुपर्नेछ । इन्भेष्टमेन्ट तथा मर्चेन्ट बैंकिङ सम्बज्धि काम गरेको अनुभव भएकाले प्राथमिकतामा राखिने प्रभु क्यापिटलले जनाएको छ ।
यसका अलावा, आवेदक अंग्रजी र नेपाली भाषा बोल्न र लेख्न जानेको र कम्प्युटरसम्बन्धि ज्ञान भएको हुनुपर्नेछ भने मर्चेन्ट बैंकर्सका लागि चाहिने पीए सफ्टवेर चलाउन जानेको हुनुपर्नेछ । अन्तरव्यक्तिगत सञ्चारमा उत्कृष्ट र विद्यमान नियम, मर्चेन्ट बैंकिङसम्बन्धि विद्यमान ट्रेन्ड, मार्केटको अवस्थाका साथै मर्चेन्ट बैंकिङ र बैंकिङ कानुन जानेको नेपाली नागरिकले कमलादीस्थित प्रभु क्यापिटलको केन्द्रिय कार्यालयमा सीधै सम्पर्क गर्न सक्नुहुनेछ । साथै कम्पनीको फोन नम्बर ४२२२९३८ र ४२२२९८७, फ्याक्स नम्बर ४२२२८०२ या इमेल ठेगाना info@prabhucapital.com मा सम्पर्क गर्न सक्नुहुनेछ । आवेदन दिने मिति ३ अगस्ट अर्थात साउन १९ गतेसम्म रहेको छ ।