आईएमई लिमिटेडमा जागीर खुलेको छ । कम्पनीले सगरमाथा अञ्चलको लाहानका लागि क्षेत्रीय प्रतिनिधी एक जना र कम्प्लियन्समा २ जना कर्मचारी माग गरेको हो । कम्लियन्समा काठमाडौँको पानीपोखरीका लागि कर्मचारी माग गरिएको हो । यसमा जागीर गर्नेले समयसमयमा उपत्यकाबाहिर नेपालभर यात्रा गर्नुपर्ने बताइएको छ ।
क्षेत्रीय प्रतिनिधीको रुपमा काम गर्न चाहनेले विजनेस या मानविकीमा स्नातक उतीर्ण गरेको र कुनै पनि वित्तीय संस्थामा कम्तीमा २ दे्खि ३ वर्ष वर्ष काम गरेको हुनुपर्नेछ । स्थानीयलाई प्राथमिकता दिइने जनाइएको छ । यसका अलावा राम्रो संस्थागत दक्षता र कम्प्युटर सम्बन्धि ज्ञान भएको हुनुपर्नेछ ।
कम्प्लियन्समा काम गर्न इच्छुक आवेदक व्यवस्थापन संकायमा स्नातक गरेको, कम्तीमा १२ वर्ष कम्प्लियन्स इस्युसँग सम्बन्धित काम गरेको, मुलुकभर घुमफिर गर्न रुचाउने र कामप्रति सदैव सक्रिय रहन सक्ने हुनुपर्ने छ ।
इच्छुक तथा योग्यता पुगेकाले ३१ जुलाई अर्थात् साउन १६ गतेभित्रमा एप्लिकेसन काम गर्ने समयावधि सहितको पत्र कम्पनीको अफिसियल इमेल ठेगाना hr.remittance@gmail.com मा पठाइसक्नुपर्नेछ ।


