नेपाल स्टक एक्सचेञ्च नेप्सेले आइतबार शेयर कारोबार नहुनुमा आफ्नो कुनै कमजोरी नभएको बताएको छ । नेप्सेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दे ढिला सूचना दिएका कारण आइतबार कारोबार स्थगन भएको भन्ने समाचार पूर्णत असत्य र भ्रामक रहेको भन्दै खण्डन समेत गरेको छ ।
विज्ञप्तिमार्फत नेप्सेले अर्थमन्त्रालय र नेपाल धितोपत्र बोर्डको निर्देशानुसार नै धितोपत्र दलाली शुल्कमा परिवर्तन हुने व्यवस्था मिलाएको र सो बारेमा समयमा नै दलाल व्यवसायी लगायत सरोकारवाला निकायहरुलाई जानकारी गराएको दाबी गरेको छ । उसले नेपाल धितोपत्र बोर्डले प्रस्ताव गर्ने र नेपाल सरकारले स्वीकृत दिने कानूनी व्यवस्थामा नेप्सेको कूनै भूमिका नरहेको समेत स्पष्ट पार्न खोजेको छ ।