खानीखोला हाइड्रोपावरको साधारण सेयर मंगलबार विहान बाँडफाट भएको छ । सेयर निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटलले ९९ वटा मोडल प्रयोग गरेर खानीखोलोको आईपीओ बाँडफाट गरेको छ ।
निष्काशन गरेकोभन्दा ६१ गुणा बढी आवेदन परेकोमा ५५ हजार रुपैयाँको आवेदन दिने लगानीकर्ताले गोला प्रथामा जम्मा १० कित्ता सेयर पाएका छन् । ५६ हजार देखि ५९ हजार रुपैयाँसम्मको सेयर भर्ने आवेदक थोरै भएकाले उनीहरुले पनि स्वतः १० कित्ता पाए । त्यस्तै ६० हजारको सेयर भर्नेले गोला प्राथाबाट १० कित्ता पाए । ६१ देखि ६८ हजार रुपैयाँसम्मको सेयर भर्नेले पनि १० कित्ता नै सेयर पाए भने ६९ हजार रुपैयाँ देखि बढीको सेयर भर्ने लगानीकर्ताले भने प्रतिसतका आधारमा सेयर पाएको जानकारी बाँडफाट कार्यक्रममा दिइयो ।
लगानीकर्ताले सबैभन्दा बढी १६ कित्तासम्म सेयर पाएका छन् । ७ सय कित्ता सेयर भर्नेले ११ कित्ता, ७ सय १० देखि ७ सय ६० कित्तासम्म सेयर भर्नेले १२, ७ सय ७० देखि ८ सय २० कित्तासम्म सेयर भर्नेले १३, ८ सय ३० देखि ८ सय ९० कित्तासम्म सेयर भर्नेले १४ र ९ सयदेखि ९ सय ५० कित्तासम्म सेयर भर्नेले १५ कित्ता सेयर पाएका छन् । ९ सय ६० देखि १ हजार कित्तासम्म सेयर भर्ने लगानीकर्ताले १६ कित्ता सेयर पाएका छन् ।
यो कम्पनीको सेयर आवेदन गत जेठ १९ गतेसम्म खुल्ला गरिएको थियो । सर्वसाधारणको तर्फबाट रित पुगेका १ लाख ३० हजार वटा आवेदन परेका थिए । सेयर नपर्ने लगानीकर्ताले आगामी पाँच कार्य दिन पछि पैसा फिर्ता पाउने छन् ।
