Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सिर्जना फाइनान्सले माग्यो शाखा व्यवस्थापक

२०७३ श्रावण ११ गते

Srijana_Financeसिर्जना फाइनान्स लिमिटेडमा जागीर खुलेको छ । कम्पनीले विराटनगरमा रहेको शाखाका लागि एक जना व्यवस्थापक माग गरेको हो । सो पदका लागि आवेदन दिन इच्छुक नेपाली नागरिकले व्यवस्थापन संकायमा स्नातक या स्नातकोत्तर उतीर्ण गरेको हुनुपर्नेछ । साथै, कुनै बैंक तथा वित्तीय संस्थामा कम्तीमा ३ देखि ४ वर्ष काम गरेको अनुभव भएको, पुमोरी सफ्टवेरको विषयमा राम्रो ज्ञान भएको हुनुपर्नेछ । स्थानीयलाई बढी प्राथमिकता दिइने बताइएको छ । 

बैंकले तोकेबमोजिक योग्यता पुगेका र इच्छुक नेपाली नागरिकले २८ जुलाई अर्थात् साउन १३ गतेभित्रमा आवेदन दिइसक्नुपर्ने छ । यसका लागि वायोडाटा र एप्लिकेशन कम्पनीको इमेल ठेगाना  hr@srijanafinance.com/hrsrijanafinance@gmail.com मा पठाउनुपर्नेछ । साथै, विराटनगरस्थित कम्पनीको कर्पोरेट अफिसको ह्युमन रिसोर्स डिपार्टमेन्टमा सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।