August 5th, 2020

बैंकहरुले केवाईसी (KYC) मात्र होईन केवाईसीसी (KYCC) मा ध्यान दिन जरुरी

महेश राज जोशी –

निश्चीत उद्देश्य राखी प्रचलीत कानुन बमोजीम ब्यवसायीक कारोबार मार्फत सेवा प्रवाह गरि राखेका सम्पुर्ण संघ संस्थाहरुको लागी ग्राहकहरुसंगको सम्बन्ध नै महत्वपुर्ण पक्ष हो । फोटो सहितको बैधानीक परिचयपत्र मार्फत परिमाणीत हुने गरि ग्राहकहरुको उचित र पुर्ण पहिचान थाहा पाउने प्रक्रिया लाई नै केवाईसी (KYC)अर्थात नो योर कस्टुमर वा क्लाइन्ट(Know your customer or client) भनिन्छ । बिश्व बजारमा नै पैसा संग प्रत्यक्ष कारोबार गर्ने गरेका बैैंक तथा बित्तीय संस्थामा केवाईसी (KYC)को महत्वपुर्ण भुमिका हुन्छ । सम्पत्ति शुद्धिकरण तथा बित्तीय अपराध रोक्ने प्रयोजनार्थ १९९० तिर अमेरिका बाट नो योर कस्टुमर(Know your customer) को अवधारणा बिकास भएको पाईन्छ । सन २००२ मा भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ ईन्डीया (Reserve Bank of India) ले उक्त बैंक संग ईजाजतपत्रप्राप्त कुनै पनि बैंक तथा बित्तीय संस्थामा खाताखोल्न पुर्व नो योर कस्टुमर(Know your customer) को फर्म अनिवार्य भर्नुपर्ने ब्यवस्था संगै दक्षिण एसियाकै बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकहरुको सम्बन्ध स्थापना नै केवाईसी (KYC) बाट सुरु गर्ने कार्यको अनुकरण गरियो । २०६४ बैसाख १४ गते प्रकाशित मुद्रा शुद्धिकरण बिरुद्धको ऐन २०६३(द्दण्ण्ड) को कार्यन्वयन संगै नेपालको केन्द्रिय बैंकले समेत भ्रष्टाचार,चोरी,कर छलि,ठगी,ड्रक्स ओसारपसार,बित्तीय अपराध तथा सम्पत्ति सुद्धिकरण रोक्ने उद्देश्य राखी सम्पुर्ण बैंक तथा बित्तीय संस्थाहरुमा बिस्तृत केवाईसी(KYC) भर्नुपर्ने अनिवार्य ब्यवस्था गरि कडाईका साथ लागु गरेको पाईन्छ ।

अबैध रुपमा कमाएको कालो धन लाई किर्ते कारोबार मार्फत बैध बनाउने प्रक्रिया नै मुद्रा शुद्धिकरण (money laundering) हो सो कुकार्यको नियन्त्रण तथा आवश्यक कार्बाही मार्फत निर्मुलीकरण गर्न सो ब्यक्तिको आधिकारीक पहिचान हुनु आवश्यक हुन्छ जसको लागी केवाईसी(KYC) को अनिवार्य ब्यवस्था गरिएको हो । केवाईसी(KYC) अन्तर्गत ग्राहकको पृष्ठभूमी, फोटो तथा फोटो समेतको आधिकारीक परिचयपत्र, पारीवारीक बिवरण समेतको जानकारी परिमाणीत गरि राखीएको हुन्छ । बैंक तथा बित्तीय संस्थामा हुने अधिकांश वित्तीय कारोबारको दोहोरो पक्ष पनि हुन्छ, कुनै संस्था तथा व्यक्तिले जम्मा गरिदिएको रकम या एक खाता मार्फत अर्काे खातामा जाने रकम जस्ता दुई पक्षिय (multiple conductors) भएका कारोबारको सुक्ष्म अध्ययन हुनु जरुरी हुन्छ । यस्ता वित्तीय कारोबारको बैधानीक जानकारी राखी बैंक झन सुरक्षीत बन्ने उद्देश्यले बिश्व बैंकी¨ क्षेत्रमा केवाईसीसी(KYCC) अर्थात नो योर कस्टुमरस कस्टुमर (Know your customer’s customer) को अवधारणा आएको हो । जसको कार्यन्वयनले आप्ना ग्राहकहरुको सम्बन्ध कस्ता पक्ष तथा ग्राहकहरु संग छ भन्ने कुराको जानकारी राख्दछ ।

केवाईसीसी (KYCC) लाई नो योर कस्टुमरस केयर (Know your customer’s care) भनेर पनि अध्ययन गर्न सकिन्छ । निक्षेप बढाउने तथा नाफा कमाउने होडमा बित्तीय अपराधको कारोबार बैंक तथा बित्तीय संस्थाहरु भित्र छिर्दा उक्त बैंकको ख्याती जोखीम (reputational risk)मात्र बढाउदैन देशकै बित्तीय क्षेत्रमा नकारात्मक असर तथा राष्ट्रको स्वाधिनतामा समेत खलल पुर्याउँछ । आजका बित्तीय जोखीमहरु विश्वयापीकरण भएका छन, खुल्ला सिमाना तथा भुपरिबिष्ठीत राष्ट्र भएका कारण समेत नेपालमा अपराधिक बित्तीय कारोबारको जोखीमहरु बढ्ने सम्भावना हुन्छ । नेपालमा बैंक तथा बित्तीय संस्थाको नियमनकारी निकाय तथा देशको केन्द्रीय बैंकले समेत बिसेष महत्वमा साथ हेरी रहेको ग्राहक पहिचान,ग्राहक जोखीम बर्गीकरण, एएमएल,सिएफटि जस्ता कम्पालायन्सको कार्यन्वयन बिश्व बैंकि¨ क्षेत्रकै एक महत्वपुर्ण पक्ष हो जसलाई विश्व्यापी रुपमा लागु गरिएको फिनान्सीयल एक्सन टास्क फोर्ष(एफएटिएफ) को कार्यन्वयनको रुपमा समेत हेर्ने गरिन्छ । जसकारण नेपालका बैंक तथा बित्तीय संस्थाहरुले केवाईसी(KYC) मा मात्र होईन केवाईसीसी(KYCC) मा पनि ध्यान दिनु अपरिहार्य छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]