July 25th, 2016

शेयर ब्रोकरको नयाँ कमिशन दर लागू : कतिको कारोबार गर्नेले कति तिर्ने ?

nepse1शेयर ब्रोकरहरुको घटेको कमिशन दर लागू भएको छ । घटेको कमिशन सफ्टवेयरमा देखाउन नसकेपछि आइतबार बन्द भएको सेयर कारोबार सोमबार(आज) देखि नियमति हुने छ । नेपाल स्टक ब्रोकर एसोसिएसनले विज्ञप्ति जारी गर्दै सोमबार देखि बजार नियमित सञ्चालन हुने जनाएको हो । ब्रोकरहरुले सफ्टवेयरमा नयाँ कमिशन दर अपडेट गरिसकेका छन् । सोमबार देखि हुने कारोबारमा नयाँ कमिशन दर लागु हुनेछ । 
 
अब लगानीकर्ताले अधिकतम ०.६० प्रातिसतका दरले ब्रोकर कमिशन तिर्नुपर्छ । ५० हजार रुपैयाँसम्म सेयर कारोबार गर्ने लगानीकर्ताले ०.६० प्रतिसतका दरले कमिशन तिर्नुपर्छ । त्यस्तै  ५० हजार भन्दा माथि पाँच लाखसम्मको कारोबार गर्नेले ०.५५ प्रतिसत, पाँच देखि २० लाखसम्मको कारोबार गर्नेले ०.५० प्रतिसत, २० लाख देखि एक करोड रुपैयाँसम्म कारोबार गर्नेले ०.४५ प्रतिसत र एक करोड रुपैयाँ भन्दा माथिको कारोबार गर्नेले ०.४० प्रतिसतका दरले कमिशन तिर्नु पर्ने छ ।