Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ब्रोकर र नेप्सेबिच यसरी मिल्यो कुरो, आइतबारको शेयर कारोबार स्थगित

admin २०७३ श्रावण ९ गते
सेयर:

nepseशेयर ब्रोकरको नयाँ कमिशन दर लागू गर्न तत्काल नसकिने भन्दै अहिले प्रयोगमा रहेको सफ्ट्वेर बिस्तारका लागि समय मागेका शेयर दलाल व्यावसायी र नेप्सेका बिचमा सहमती भएको छ । अब, सोमबारबाट मण्डलालले सबै दलाल व्यवशायीको कार्यालयमा मण्डला प्रणाली सञ्चालनमा ल्याउने छ । मण्डलाले नयाँ कमिशन दर सहतिको प्रणाली सबै ब्रोकरकोमा जडान गरे पछि सोमबारदेखि मात्र शेयर कारोबार सुरु हुनेछ ।

नयाँ कमिशन दर लागु गर्न थप समय आवश्यकता रहेको विषयमा छलफल गर्न धितोपत्र बोर्ड पुगेका ब्रोकरहरुलाई प्राविधिक विषय भएका कारण के कसरी समस्या सुल्झाउने भन्ने सम्बन्धमा बोर्डले नेप्सेसंग छलफल गरेर आउन भने पछि ब्रोकरहरु नेप्से पुगेका थिए । 

नयाँ कमिशन दर लागु भए पछि आइतबार ११ बजे बजार खुले पनि नयाँ कमिशन दर कार्वान्वायनमा नआए पछि शेयर कारोबार हुन सकेको थिएन । शेयर कारोबार नभए पछि दलाल व्यवशायीहरु आइतबार बिहानै नयाँ कमिशन दर लागु गर्न तथा मण्डला प्रणाली सबैमा लागु गर्न समय माग गर्दै धितोपत्र बोर्ड पुगेका थिए ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।