Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आइतबार नेप्से खुल्यो, तर भएन कारोबार : सबै ब्रोकर धितोपत्र बोर्डमा

२०७३ श्रावण ९ गते

nepse1आइतबार शेयर बजार खुलेपनि कारोबार हुन सकेको छैन । घटेको ब्रोकर कमिसन दर आइतबारदेखि लागू गर्ने भनिएकोमा सिस्टममा इन्ट्रि हुन नसक्दा शेयर कारोबार रोक्का गर्नुपरेको ब्रोकरहरुले बताएका छन् । 

यसै बिषयमा छलफल गर्नका लागि सबै शेयर ब्रोकरहरु धितोपत्र बोर्डको कार्यालयमा पुगेको बताइएको छ । दलाली शुल्कमा आएको कटौती सहित बजारमा तत्काल सुधार गर्न आवश्यक अन्य विषयलाई एकै पटक व्यवहारमा ल्याउने गरि नयाँ प्रणालीको प्रयोग गर्ने व्यवस्था गर्न दलाल व्यवशायीले बोर्डसंग माग गरेका छन् । नयाँ व्यवस्था तत्काल लागू गर्न नसकिने भन्दै उनीहरुले बोर्डसँग थप १५ दिनको समय माग समेत गरेका छन् ।