आइतबार शेयर बजार खुलेपनि कारोबार हुन सकेको छैन । घटेको ब्रोकर कमिसन दर आइतबारदेखि लागू गर्ने भनिएकोमा सिस्टममा इन्ट्रि हुन नसक्दा शेयर कारोबार रोक्का गर्नुपरेको ब्रोकरहरुले बताएका छन् ।
यसै बिषयमा छलफल गर्नका लागि सबै शेयर ब्रोकरहरु धितोपत्र बोर्डको कार्यालयमा पुगेको बताइएको छ । दलाली शुल्कमा आएको कटौती सहित बजारमा तत्काल सुधार गर्न आवश्यक अन्य विषयलाई एकै पटक व्यवहारमा ल्याउने गरि नयाँ प्रणालीको प्रयोग गर्ने व्यवस्था गर्न दलाल व्यवशायीले बोर्डसंग माग गरेका छन् । नयाँ व्यवस्था तत्काल लागू गर्न नसकिने भन्दै उनीहरुले बोर्डसँग थप १५ दिनको समय माग समेत गरेका छन् ।




