Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एक वर्षमा उठ्यो २ खर्बभन्दा बढी राजस्व

admin २०७३ श्रावण ७ गते
सेयर:

rajaswaगत आर्थिक बर्षमा २ खर्ब ४ अर्व ४३ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । आन्तरिक राजश्व विभाग लक्ष्यभन्दा झन्डै १० अर्ब रुपैयाँ बढी राजश्व संकलन गर्न सफल भएको हो । विभागले गत आर्थिक बर्षमा १ खर्व ९४ अर्व ६७ करोड ६२ लाख बराबरको राजस्व संकलनको लक्ष्य राखेकोमा सोभन्दा ९ अर्व ७५ करोड ९० लाख ९३ हजार बढी राजस्व संकलन गरेको हो । 

२०७३ साल असार महिनासम्मको प्रगति विवरण अनुसार आयकरतर्फ १ खर्ब १७ अर्व १३ करोड ११ लाख रुपैयाँ, मू.अ.करतर्फ ४९ अर्ब ८२ करोड ३५ लाख रुपैयाँ, अन्तःशुल्कतर्फ ३६ अर्व १९ करोड ३१ लाख रुपैयाँ र शिक्षा सेवा शुल्कतर्फ ७२ करोड ७ लाख रुपैयाँ असुली भएको छ । त्यस्तै, स्वास्थ्य सेवा शुल्कतर्फ ५६ करोड ६८ लाख रुपैयाँ असुली भएको छ ।

२०७२ को बैशाखमा गएको भुकम्प तथा नाकाबन्दीले विकास निर्माणमा देखिएको सुस्तता, पूँजीगत खर्चमा भएको कमीलगायतले २०७२ फागुन महिनासम्म १० अर्व २२ करोड १० लाख रुपैयाँ राजस्व घटी असुली भएको अवस्था रहेको थियो । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।