July 22nd, 2016

साताभरको उतारचढावबीच सुनको भाउ स्थिरजस्तै, साढे ५८ हजारमा कारोबार

goldसाताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको ३ सय रुपैयाँका दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको साढे ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार २ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि विहिबार छापावाल सुन तोलाको ५८ हजार २ सय रुपैयाँका दरले खरिदविक्रि हुँदा तेजावी सुन तोलाको ५७ हजार ९ सय ५० रुपैयाँका दरले खरिदविक्रि भइरहेको थियो । 

यो साताभर सुनको भाउमा उचारचढाव आयो । गत साताको शुक्रबार छापावाल सुनको भाउ ५८ हजार ३ सय रुपैयाँ प्रतितोला र तेजावी सुनको भाउ ५८ हजार ५० रुपैयाँ प्रतितोला रहेको आधारबाट हेर्दा यो साताभर सुनको भाउ तोलामा २ सय रुपैयाँ महँगिएको छ ।

शुक्रबार चाँदी पनि तोलाको २० रुपैयाँका दरले महँगिएको छ । बिहीबार चाँदी तोलाको ८ सय ७५ रुपैयाँमा किनबेच भएको थियो सुन शुक्रबार तोलाको ८ सय ९० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । गत शुक्रबार चाँदीको भाउ तोलाको ९ सय ५ रुपैयाँ रहेको आधारबाट यो साता चाँदी तोलाको १५ रुपैयाँ सस्तिएको छ ।